२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

संविधान संशोधनका लागि कार्यदलले विज्ञसँग छलफल गर्ने

काठमाडौ, २१ वैशाख ।

संविधान संशोधनका लागि बहसपत्र तयार पार्न गठित कार्यदलले मंगलबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म परामर्श कार्यक्रम राखेको हो।

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार छलफलमा संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूको सहभागिता रहनेछ।

उनीहरूबाट संविधान संशोधनसम्बन्धी सुझाव संकलन गरिने जनाइएको छ।

यसअघि वैशाख १० गते बसेको कार्यदल बैठकले उच्च पदस्थ पूर्व अधिकारी र विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उक्त छलफल आयोजना गर्न लागिएको हो।

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस