२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

गगन थापाले जेनजी अगुवाहरूसँग छलफल गर्ने

काठमाडौ, ३ जेठ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका विषयमा जेनजी अगुवाहरूसँग रायसुझाव संकलन गर्ने भएका छन्।

आज सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जेनजी अगुवाहरूसँग संविधान संशोधनबारे छलफल कार्यक्रम राखिएको छ।

कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित समितिमार्फत उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा १८ जना जेनजी अगुवालाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ। छलफलमा संविधानविद् तेजमान श्रेष्ठ तथा प्राध्यापक खनाल लगायत सहभागी हुनेछन्।

कांग्रेसले संविधान संशोधनका लागि छुट्टै कार्यदल बनाएर विभिन्न पक्षबाट सुझाव संकलन गर्दै आएको छ। समितिले यसअघि दुई चरणमा छलफल गरिसकेको छ।

यसैबीच, संविधान संशोधन बहसपत्र तयारीका लागि बनेको अर्को कार्यदलसँग सम्बन्धित छलफलमा कांग्रेस सहभागी नभएको जनाइएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस