काठमाडौं महानगरद्वारा ११ कक्षाको भर्ना शुल्कको विवरण बुझाउन निर्देशन
काठमाडौँ,
काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/०८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।
महानगराले सूचना जारी गर्दै सबै निजी विद्यालयहरुलाई यही असार मसान्तसम्म कुनकुन शीर्षकमा कति शुल्क लिने हो उक्त विवरण पेस गर्न भनेको हो । कामपाको शिक्षा ऐन २०७५ को दफा २७ ९९० बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहितको विवरण उपलब्ध गराउन पत्रमार्फत आग्रह गरिएको थियो ।
हाल महानगरमा पाँच सय २० वटा निजी विद्यालयहरु सञ्चालित छन् ।
प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार