२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

मूल्यवृद्धि र ग्यास अभाव प्रति माओवादीको ध्यानाकर्षण

दाङ, १९ साउन ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ जिल्ला समितिले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र खाना पकाउने ग्यासको अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

जिल्ला सचिव तिलक सीद्वारा जारी विज्ञप्तिमा बजारमा बढ्दो मूल्यवृद्धिको मार नागरिकले खेपिरहेको उल्लेख गर्दै दाङसहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको जनाइएको छ।
विज्ञप्तिअनुसार ग्यास डिलरमा उपभोक्ताले घण्टौँ लाइन बस्दा पनि खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ।

पार्टीले आवश्यकताका आधारमा नियमित र सहज ग्यास आपूर्ति मिलाउन तथा सम्बन्धित निकायलाई वितरण प्रणाली प्रभावकारी बनाउन आग्रह गरेको छ। साथै, कालोबजारी, कृत्रिम अभाव, चुहावट र असमान वितरण रोक्न कडा निगरानी गरी दोषीमाथि कानुनी कारबाही गर्न पनि माग गरिएको छ।

दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार र सरोकारवाला निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने पार्टीको आग्रह छ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस