२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

एमालेको अवरोधले लुम्बिनी प्रदेशसभा बैठक स्थगित

दाङ

लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित भएको छ।

असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै एमालेले विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन। त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो।

एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस