दाङका चार पालिकाको नीति कार्यक्रम सार्वजनिक
दाङ, ।
दाङमा चार पालिकाले आर्थिक वर्ष ०८०÷)८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लामा रहेका दश पालिकामध्ये चारवटा पालिकाले नीति कार्यक्रम सार्वजनिक गरेका हुन् । असार १० गतेभित्रमा पालिकाले नीति कार्यक्रम तथा बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थानुसार पालिकहरू बजेट र नीति कार्यक्रममा जुटेका छन् ।

दाङमा घोराही उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका र बंगलाचुली गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । स्थानीय मुद्दा र विषयका महत्वमा राखेर पालिकाहरूले नीति तथा कार्यक्रम ल्याएका हुन् । चार पालिकामध्ये घोराहीले केही दिनअघि नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो भने अन्य पालिकाले समेत शुक्रबारसम्ममा नीति कार्यक्रम सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
