२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका रेश्मीराज खड्का विजयी

तुलसीपुर
बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका रेश्मीराज खड्का विजयी भएका छन् । खड्का २ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका लेखनाथ खत्रीले १ सय ७३ मत प्राप्त गरेका छन् भने अध्यक्ष पदका अर्का प्रत्यासी रास्वपा निकट उम्मेदवार शिवराज खत्रीले १ सय ३३ मत प्राप्त गरेका छन्

विजौरीमा उद्योग वाणिज्य संघ स्थापना भएसँगै लगातार नेकपा एमाले निकटको नेतृत्व रहँदै आएको थियो । यसपालि पनि रेश्मीराजलाई चुनाव जित्न त्यति सजिलो भने थिएन ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त लोकतान्त्रिक पार्टीका डिल्ली बहादुर खत्री ३ सय ६२ मतका साथ विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका गोविन्दबहादुर रोकाले १ सय ८३ मत प्राप्त गरेका थिए । उद्योग उपाध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका चित्रबहादुर खड्काले २ सय ९५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका शोभाकर डाँगीले २ सय ३९ मत ल्याएका छन् ।

संघको महासचिवमा संयुक्त लोकतान्त्रिक प्यानलका दिपक कुमार बस्नेत निर्वाचित भएका छन् । उनले ३ सय १७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका दिपेन्द्र बहादुर केसीले २ सय २१ मत ल्याएका छन् । कोषाध्यक्ष पदका उमेदवार संयुक्त लोकतान्त्रिक प्यानलका कर्ण बहादुर वलीले २ सय ७२ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका प्रेमबहादुर बिकले १ सय ८६ र रास्वपा निकट उम्मेदवार राम बहादुर डाँगीले ९३ मत ल्याएका छन् ।

यस्तै सचिव पदमा लोकतान्त्रिक प्यानलका लाल बहादुर खड्काले २ सय ७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी संयुक्त लोकतान्त्रिक प्यानलका भुप बहादुर वलीले १ सय ७८ र रविन्द्र केसीले १ सय ५२ मत ल्याएका छन् । यस्तै महिला सदस्यमा शारदा केसी २ सय ३६ निर्वाचित भएकी छिन् । सबै पदका लागि भएको निर्वाचनमा ५ सय ७३ मत खसेको थियो । कुल ६ सय १८ मतदातामध्ये ४५ जना मतदाता अनुपस्थित भएका छन् ।

उद्योग सदस्यमा सुरेन्द्र बहादुर बुढा २ सय ३६ निर्वाचित भएका छन् । यस्तै खुला सदस्यहरुमा अर्जुन कुमार रेग्मी २ सय ९४, डंक बहादुर वली २ सय ८२, देवराज वली २ सय ७५, ज्ञानेन्द्र विष्ट २ सय ६२ भिमसेन सुनार २ सय ५३ र चुडामनी रावत २ सय ५० मत ल्याएर निर्वाचित भएका छन् ।

निर्वाचनमा सचिव र तीन खुला सदस्य पदमा नेकपा एमाले निकट लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् भने बाँकी सबै पदमा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस