२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

दाङका आठ पालिकाको बजेट आज

दाङ, १० असार ।
दाङका आठवटा पालिकाले आज आइतबार बजेट ल्याउने भएका छन् । दाङका दशवटा पालिकामध्ये दुईवटा पालिकाले शुक्रबार नै आगामी आर्थिक वर्षको लागि बजेट ल्याइसकेका छन् । आइतबार तुलसीपुर उपमहानगरसहित घोराही, लमही, गढवा, राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाले बजेट ल्याउने भएका हुन् ।

राप्ती र बंगलाचुली गाउँपालिकाले शुक्रबार नै बजेट ल्याइसकेका छन् । आठवटा पालिकामध्ये चार पालिकाले नीति कार्यक्रम ल्याइसकेका छन् भने चारवटा पालिकाले नीति कार्यक्रम र बजेट एकै पटक आइतबार ल्याउने भएका छन् । तुलसीपुुर उपमहानगरपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका र राजपुर गाँउपालिकाले आइतबार नीति कार्यक्रम र बजेटसँगै ल्याउने भएका छन् ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस