२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

शिव शिखर सहकारीका अध्यक्ष भारतबाट पक्राउ

काठमाडौं । सर्वसाधारणको अरबौं रुपैयाँ हिनामिना गरेर फरार रहेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको सीआईबी टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो ।

मुम्बईस्थित भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएका केदारनाथलाई मुम्बईबाट पक्राउ गरि नेपाल ल्याएको सीआईबीका एक अधिकृतले बताए । भारतमा उनको खोजीलाई तिब्र पारेको सीआईबीको टोलीले भारतका बिभिन्न शहरमा स्थान परिवर्तन गर्दै लुकिछिपी बस्दै आएको लोकेशन पाएको थियो ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस