पाठेघरमा पलाएको मासुको दुरविन विधिबाट अप्रेसन
तुलसीपुर सिटी हस्पिटलले पाठेघरमा पलाएको मासुको दुरविन विधिद्धारा अप्रेसन सुरु गरेको छ ।
महिलाको पाठे घरमा पलाएको मासु (सिष्ट) को दुरविन विधिबाट अप्रेसन सुरु भएको पहिलो पटक हो ।
यसअघि सम्म पाठेघरमा मासु पलाएका पीडित विरामी तुलसीपुर भन्दा बाहिर उपचारका लागि जानु पर्ने बाध्यता थियो ।
तुलसीपुर सिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत ऋषि चौधरीका अनुसार गत शनिबार बेलुकी बबइ गाउँपालिका – ४ की ४४ बर्षीया डिल्लीकुमारी खड्काको पाठे घरमा पलाएको मासुको दुरविन विधिबाट सफल अप्रेसन छ ।
त्यस्तै आइतबार शान्तिनगर – ५ की १९ बर्षीया बालिका खड्काको दुरविन बिधिबाट अप्रेसन भएको चौधरीले बताए ।
प्रकाशित मिति : २०८० असार १३ गते बुधवार