२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

दक्षिण कोरियाका मान्छेको उमेर घट्यो

एजेन्सी

दक्षिण कोरियाका नागरिकको उमेर बुधबारदेखि कम्तीमा एक वर्ष कम भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार बुधबारदेखि लागु भएको उमेर गणनाको नयाँ कानुनअनुसार कोरियालीको उमेर घटेको हो।

कोरियामा धेरैले परम्परागत चलनअनुसार उमेर गणना गर्थे। जसअनुसार कुनै मान्छेको उमेर गर्भदेखि नै गणना हुन्थ्यो। जुनसुकै महिनामा जन्मिएका मान्छेको पनि हरेक वर्ष जनवरी १ देखि एक वर्ष उमेर बढाउने गरिन्थ्यो।

उमेर गणनाको यो परम्परागत शैली अन्तर्राष्ट्रिय स्तरको नभएको भन्दै सरकारले उमेर गणनाको नयाँ कानुन ल्याएको हो।

अन्तर्राष्ट्रिय मापदण्डको नयाँ कानुनअनुसार उमेर गणना गर्दा अब हरेक कोरियालीहरू यसअघिको भन्दा १ देखि २ वर्ष कम उमेरका हुने भएका छन्।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस