प्रदेश सरकारले जनताको आवश्यकता र माग बमोजिम बजेट बिनियोजन गरेको छ: मुख्यमन्त्री चौधरी
पाल्पा,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले जनताको भावना, आवश्यकता र माग बमोजिम बजेट बिनियोजन गरेको बताउनु भएको छ । प्रदेश सरकारले जनतामा प्रदेश सरकारको अनुभुति हुने गरि काम गरिरहेको उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले तयार भैसक्ने समयमा आफूहरुले जिम्मेवारी प्राप्त नगरेकोले सबैमन्त्रालयको बजेट निर्माणमा आवश्यक ध्यान दिन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो गलत रुपमा व्यक्तिगत सञ्चारगृहलाई बजेट विनियोजन भएकोले त्यस्तो रकम तानियको छ ।

सञ्चार क्षेत्रको बजेट परिचालनका सवालमा विधि र पद्धती अनुसार संस्थागत रुपमा समन्वय गरेर मात्र अगाडि बढ्ने उहाँको भनाई थियो। मुख्यमन्त्री चौधरीले आर्थिक कार्यक्रम मार्फत कृषि, पशुपालन, पर्यटन लगाएतका क्षेत्रमा काम गर्ने प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।
पाल्पाको पर्यटन विकासका लागि आफू गम्भीर भएर छलफल गरेको साथै अलपत्र अवस्थामा रहेको श्रीनगर साँस्कृतिक डवलीको प्रयोग र व्यवस्थापनका विषयमा अन्तिम छलफल जारी रहेको उहाँले जानकारी गराउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रेखिराम रानाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव यज्ञमूर्ति तिमिल्सिनाले गर्नुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष भरत शर्माले गर्नु भएको थियो ।
