लुम्बिनी प्राविधिक विश्वविद्यालयले पश्चिम नेपालकै मुहार फेर्न सक्छ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी प्राविधिक विश्वविद्यालयले पश्चिम नेपालकै मुहार फेर्न सक्ने बताउनु भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको पहिलो वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
मुख्यमन्त्री चौधरीले यो विश्वविद्यालयले नेपालगन्ज मात्रै नभएर लुम्बिनी प्रदेशलाई चिनाउने वातावरण सृजना गर्न आग्रह समेत गर्नुभयो । उहाँले विश्वमै अध्ययन नहुने नयाँ विषयलाई समावेश गरेर विश्वविद्यालयलाई नेपालकै नमुना विश्वविद्यालय गराउने बताउनु भयो ।

विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउनको लागी प्रदेश सरकार मात्रै नभएर स्थानीय सरकार तथा सरोकारवाला सबै सहकार्य गरेर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।
नेपालबाट डक्टर, कृषि, बन विज्ञाण लगाएतका विषयमा अध्ययन गर्न बर्सेनि धरै युवाहरू बिदेसिने क्रम घटाउनको लागी यस्ता विश्वविद्यालयले सिप मूलक तथा आय मूलक विषयलाई प्रथमिकता दिनु पर्ने उहाँको भनाइ थियो ।
उहाँले नेपाली विद्यार्थीलाई मात्रै नभएर विश्वबाटै नेपालमा अध्ययन गर्न आउने गरि विश्वविद्यालयलाई नयाँ तरिकाले सञ्चालन गर्ने बताउनुभयो । विश्वविद्यालयलाई राजनीतिक भर्ती केन्द्र नबनाएर साचीकै प्राविधिक विश्वविद्यालयका रुपमा विश्वमै चिनाउने इच्छा छ उहाँले भन्नुभयो ।


