२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

पहिरोले पुरिएर ३ बालबालिकाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरो जादा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते छन्। पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको हो । वडाअध्यक्ष पोखरेले जानकारी दिए।

मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी घाइते भएका छन् । उनलाई उपचाराको लागि पाल्पाको मिसन अस्पताल पठाइएका छ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस