२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

दुर्घटनामा परी शिक्षक अधिकारीको निधन

तुलसीपुर, १९ असार ।
दाङमा मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर– ११ उरहरीका ५५ वर्षका खोपिराम अधिकारी रहेका छन । अधिकारीको टाउको र अनुहारमा चोट लागेको थियो । उनी आ.वि. कटाहाका प्रधानाध्यापक हुन ।

उनको उपचारको क्रममा ज्यान गएको आफन्तीले जानकारी दिएका छन । गएको शुक्रबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्कीदा उनि सहित ४ जना घाइते भएका थिए ।

तुलसीपुर–अमेलिया सडकखण्ड अन्तर्गत तुलसीपुर–६ बुद्ध चोक नजिकै रा १ प ८४४६ नम्बरको मोटरसाइकल र रा ४ प २८६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस