एनआरएनए कतारको प्रथम उपाध्यक्षमा पन्थीको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकाल २०२३२०२५ को लागि कृष्ण पन्थीले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
नेपालको नवलपरासी बर्दघाटमा जन्मेका पन्थी वैदेशिक रोजगारको शिलशिलामा सन् २००४ मा कुवेत पुगेका थिए भने अहिले उनी सन् २०१४ देखि कतारमा कार्यरत छन्।
एनआरएनए एनसीसी कतारको विभिन्न टास्क फोर्स अन्तर्गत श्रमिकको को यु पि ए संयोजक तथा मनोनित कार्यसमिति सदस्य रहेका उनी एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै कतारमा विभिन्न तहतप्कामा रहेका नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए कतारको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिएको बताए ।
प्रकाशित मिति : २०८० असार २० गते बुधवार