२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

रकगायक तथा अभिनेता रविन तामाङको मृत्यु

रकगायक तथा अभिनेता रविन तामाङको शंकास्पद मृत्यु भएको छ। उनको शव मंगलवार बेलुका बुढानिलकण्ठ–५ चिसेनीस्थित आफनै घरमा फेला परेको हो।

तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट लागेको थियो । शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको प्रहरीले जनाएको छ।

तामाङकी पत्नी काम विशेषले घरबाहिर रहेको र २ घण्टासम्म लगातार फोन गर्दा समेत रोविनले फोन नउठाएपछि उनले दिदी भगवतीलाई फोन गरेर घरमा हेर्न पठाएकी थिइन् ।

दिदी घर पुग्दा भित्रबाट गेट लगाइएको थियो। धेरै बेर बोलाउँदा पनि ढोका नखोलेपछि दिदीले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी घरमा पुगेर ढोका खोलेर हेर्दा उनको शव भेटिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले बताए । हृदयघात वा मस्तिष्क घात भएको जस्तो पनि देखिएको प्रहरीको भनाइ छ ।

अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस