लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी हुँदा बैठक स्थिगित
दाङ, २० असार ।
लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थिगित भएको छ । सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी दिए ।
बुधबार दिउसो १ बजेर ५० मिनेट जादा जनेरेटरमा आगलागी भएको थियो ।
दोस्रो अधिवेशनको १७ औं बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि प्रतिपक्षदलले पनि छलफलमा भाग लिइरहेका छ ।
प्रकाशित मिति : २०८० असार २० गते बुधवार