बलात्कार र महिला हिंसा अत्यका लागि प्रदेश सरकार प्रतिवद्ध: मुख्यमन्त्री चौधरी
तुलसीपुर, । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बलात्कार र महिला हिंसा विरुद्धको राष्ट्रिय सचेतना अभियान कार्यक्रमको उद्धघाटन गर्नुभएको छ ।
उहाँले सार्वजनिक यातायातका साधनमा जनचेतना मुलक स्टीकर टासेर त्यसको सुरुवात गर्नुभएको हो ।

थर्ड आई नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै मुख्य मन्त्री चौधरीले अभियान एकदिनमात्र नभई सधैका लागि गर्नु पर्ने भदै त्यसमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले युवाहरुले गर्न लागेको योअभियानलाई सार्थकता दिन पनि आग्रह गर्नुभयो ।
‘अभियान आजमात्र होइन यो सधैका लागि होस यसलाई सार्थकता दिन सवै लाग्नुहोस हाम्रो तर्फबाट पनि सहयोग हुन्छ –मुख्यमन्त्री चौधरीले भन्नुभयो ।’ त्यस्तै उहाँले कार्यक्रममा बोल्दै विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले सरकार पक्ष होस वा प्रतिपक्ष राम्रो कामका लागि राजनीति गर्न नहुने बताउनुभयो ।

उहाँले जिल्ला तथा तुलसीपुर बनाउन सवै एक हुनुपर्ने भन्दै यो वा त्यो नाममा विभाजित हुँदा कुनै पनि विकास नहुने बताउनुभयो । तुलसीपुर बजारलाई कस्तो बनाउने यहाँका सिँचाई बाटो शिक्षा, स्वास्थ्यको विकास कसरी गर्ने भन्ने योजना लियर प्रदेश सरकारमा आय आफु त्यसमा सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो ।
मुख्यमन्त्री चौधरीले घोराही तुलसीपुर सडक खण्ड आफुहरुले बताउन नसक्ने भन्दै त्यसका लागि आफुले भारतका महामयम राजदुत संग कुरा गरेको बताउनुभयो । उहाँले यो सडकको टेण्डर छिटै हुने बताउनुभयो । ‘हामीहरुले यहाँको एयरपोर्ट, शिक्षा, यो घोराही तुलसीपुर सडक चाहेर पनि केहि गर्न सक्के अवस्था छैन –उहाँले भन्नुभयो ।’
एयरपोट क्यान संग मिलेर बनाउने शिक्षाको अधिकार सवै स्थानीय तहलाई दिएको बताउनुभयो । उहाँले प्रदेश सरकार आर्थिक समृद्धिका लागि युवा महिला र व्यरोजगारलाई रोजगारी दिने कार्यक्रम ल्याउन लागेको समेत बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले अशिक्षीत अज्ञान्ता र समानता नहुँदा बलात्कार महिला हिंसा बढेको बताउनुभयो । उहाँले क्वालिटि एजुकेशनले मात्र यो सवै अत्य हुने बताउनुभयो ।
‘अव समान्ताका लागि तथा विभेद र यस्ता घटनामा लाई न्यूनिकरण गर्न बाख्रा दिने होइन क्वालीटि शिक्षा दिने हो , शिक्षा दिए यो हिंसा सवै अत्य हुन्छ –चौधरीले भन्नुभयो । उहाँले अमेरीकामा केटा भन्दा केटीले छोटा लुगा लगाउने र त्यहाँ कहिले पनि कुनै घटना नहुने बताउनुभयो ।
‘त्यहाँ सवै शिक्षित छन् यहाँ जस्तो छैन उहाँले भन्नुभयो । थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरीको अध्यक्षता भएको कार्यक्रममा महिला अधिकार कर्मी सुष्मा गिरीले पहिलाको पक्षमा थुपरै कानुनहरु बने पनि त्यो लागुहुन नसकेको भन्दै बलात्कार र महिला हिंसा बढी रहेको बताउनुभयो । उहाँले यो वा त्यो नाममा दिन प्रतिदिन घटनाहरु बाहिर आइरहेको बताउनुभयो ।

उहाँले यसको अत्यका लागि सवै एक हुनुपर्ने, ‘देश समृद्ध बनाउन र विभेद रहित समाज निर्माण गरी समृद्ध र विकासका लागि पनि यो अत्यहुनुपर्छ उहाँको भनाई थियो । त्यस्तै त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बलात्कार र महिला हिंसा विकृति विसंगति मौलाउदै गएको भन्दै यसको अत्यका लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।
उहाँले यातायात क्षेत्रमा पनि पहिले विभिन्न जगन्य अपराध भएको भन्दै त्यसको न्यूनिकरण गर्ने तथा सचेतना दिने आफुहरुको पनि दायित्व भएको बताउनुभयो । उनले स्थानीय स्तरको पाठयक्रममा पनि बलात्कार, महिला हिंसा र ट्राफिक सचेतनाको विषयमा उल्लेख हुनुपर्ने बताउनुभयो ।
त्यस्तै वडा नं ७ का वडाध्यक्ष रामबहादुर जिसीले घरघर टोलटोलमा यसको सचेतना आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको सहजिकरण सचिव सरद भण्डारीले गरेका थिए । यो अभियान देशभर आजबाट सुरु भएको अध्यक्ष गिरीले बताए ।
