२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सम्पर्क विहीन

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।

त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो।

‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने।

हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन् भने पाइलट नेपाली हुन्।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस