१७५ क्याम्पसलाई कारबाही गर्ने त्रिविको तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धनप्राप्त १७५ क्याम्पसलाई कारबाहीको तयारी गरेको छ ।
सम्बन्धन लिएर नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्न लागिएको हो ।
गएको पुस २० र चैत २८ गते नवीकरणका लागि सूचना जारी गरिएको थियो ।
१७५ क्याम्पस नवीकरण प्रक्रियामा नआएको त्रिविले जनाएको छ।
प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार