रेविज विरुद्धको भ्याक्सिन अभाब
तुलसीपुर, ३ साउन । अस्पतालहरुमा रेविज विरुद्धको भ्याक्सिन अभाब भएको छ ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डेढ महिनादेखि भ्याक्सिन अभाब रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए ।“डेढ महिनादेखि अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन अभाब भएको हो”,उनले भने“अझै पनि भ्याक्सिन आएको छैन ।”
पटक/पटक भ्याक्सिनकालागि माग फाराम भरेर पठाएपनी अझै पनि आउन सकेको छैन । भ्याक्सिन नहुँदा विरामीलाई निजि अस्पताल पठाउनु पर्ने बाध्यता छ ।
प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार