२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बस पोखरीमा खस्दा १७ जनाको मृत्यु

बंगलादेश , ७ साउन । बंगलादेशमा ५२ जना यात्रु बोकेको बस पोखरीमा खसेर दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३५ जना घाइते भएका छन् । झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा शनिबार भएको वस दुर्घटनामा मृत्यु हुने मध्ये तीन बालबालिका र आठ महिला छन् ।

चालकको लापरवाहीले बस दुर्घटना भएको जनाईएको छ। प्रहरीका अनुसार बसले क्षमताभन्दा बढी यात्रु बोकेको थियो।

शनिबार बिहान ९ बजे पिरोजपुरको भण्डारियाबाट उक्त बस बरिशालका लागि प्रस्थान गरेको थियो।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस