स्रोत नखुलेको रकम सहित एकजना पक्राउ
कपिलवस्तु, १० साउन । स्रोत नखुलेको अवैध नेपाली रुपियाँ र भारतीय रुपियाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरबाट कपिलवस्तु नगरपालिका- १ का ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले रकम सहित पक्राउ गरेको हो ।
बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपियाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले बताएको छ ।
गुप्ताले कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको २४ लाख १३ हजार २५५ नेपाली रुपियाँ र १४ लाख ९४ हजार ९२० अवैध भारतीय रुपियाँ गरी ४८ लाख पाँच हाजर १२७ रुपियाँ बरामद गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।