लुम्बिनी प्रदेशमा निःशुल्क आँखाको नानी प्रत्यारोपण
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरूलाई सोही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले बताउनुभयो ।
कर्नियाको निःशुल्क अप्रेसन गर्ने नयाँ कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाउने प्रक्रिया सुरू भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विभिन्न कारणले आँखाको ज्योती गुमाएका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको छ ।