दुई लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य छ : मुख्यमन्त्री चौधरी
रुपन्देहि, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य लिएको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्राल, प्रदेश युवा परिषदले शनिबार लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।
उहाँले युवालाई रोजगारी सिर्जना गर्ने काममा सरकारले सहयोग गर्ने र त्यसको लागि प्रपोजल बनाएर आय प्रदेश सरकार सधै सकारात्मक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ”युवालाई उद्यमशिलतामा कसरी अगाडि बढाउन सकिन्छ, उत्पादनलाई कसरी ब्राण्डिङ गर्ने भन्ने विषयमा प्रदेश सरकार गम्भिर छ ।
यसले बैदेशिक रोजगारीको लागि जाने युवा जनशक्तिलाई रोक्न र देश विकासको अभियानमा जोड्न सकिन्छ ।”
लुम्बिनी प्रदेशमा उत्पादन भएका हरेक समाग्री विश्वबजारमा पुर्याउन सकिने उहाँले जोड दिनु भयो ।

मुख्यमन्त्री चौधरीले युवा परिषदलाई प्रदेशमा उत्पादन भएका सामाग्री ब्राण्डिङ र मार्केटिङमा सहयोग गर्न आग्रह गर्नु भयो ।
त्यस्तै उहाँले प्रदेशमा जनसंख्याको ५० प्रतिशत भन्दा बढी युवा रहेको बताउदै युवाको भविश्य अगाडि बढाउनको लागि प्रदेश युवा परिषद गठन गरिएको स्मरण गर्नु भयो ।
यो वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तीमा युवाको साथ, नवप्रवर्धन र उद्यमशिलतामा हरित सीप विकास’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ ।’
दिवसको अवसरपारि युवा उद्यमशिलता विकासमा योगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरुलाई सम्मान गरिएको थियो।