विद्यार्थीले ३ घन्टा थुने विश्वविद्यालयका कुलसचिवलाई
दाङ । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिब माधब अधिकारी ३ घन्टा आफ्नै कार्यकक्षमा थुनिएका छन् ।
शैक्षिक गतिविधी समयमै सञ्चालन गर्न नसकेको विद्यार्थीहरुका समस्यामा बेखवर बनेको भन्दै केन्द्रिय आयुर्वेद विद्यापिठ स्वतन्त्र विद्यार्थी युनियनले कुल सचिव अधिकारीलाई ३ घन्टा आफ्रनै कार्यकक्षमा थुनेका थिए ।
४० दिनमा प्रकाशित गर्नुपर्ने परिक्षाफल सबै प्रकृया पुरा गरेर पनि प्रकाशित नगरेका कारण आन्दोलन गर्नु परेको स्वबियु सदस्य पारस गिरिले जनाए ।
विद्यार्थीहरु सबै प्रकृयाका बारेमा जानकार नहुदाँ आजको घटना भएको विश्वविद्यालयका कुलसचिव माधब अधिकारीले जनाएका छन् ।
आयुर्वेद चिकित्शा तर्फ सातौँ सेमेस्टरको परिक्षाफल परिक्षा शुरु भएको ४० दिन भित्र प्रकाशित गर्नु पर्ने नियम रहेको समयमै परीक्षाफल प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा विलम्ब भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ ।
स्ववियु र विश्वविद्यालयका बिच भएको छलफलमा भाद्र १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमती भएको छ ।
२ महिना अघि विश्वविद्यालयका ३ स्थानमा लागेको ताला खुलेको १ हप्ता नहुँदै आज फेरी विश्वविद्यालयमा यो घटना भएको छ ।