अपहरण गरेको आरोपमा ७ जना पक्राउ
दाङ । दाङमा अपहरण गरेको आरोपमा सात जना पक्राउ परेका छन ।
घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुम्मरगाउं निवासी जित बहादुर बिकलाई अपहरण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आईतवार राती सात जनाको एक समुहले बिकलाई घरबाटै अपहरण गरी अटो रिक्शामा घोराही वडा नम्बर १९ थप्ली डाँडामा लगि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताए ।
पक्राउ पर्नेमा घोराही १९ का दिपक सुनार, राज कुमार बिक, हिरा सुनार, जीवन सुनार, लक्ष्मण सुनार, तील बहादुर बिक, मनोज घर्ति रहेका छन ।
पक्राउ परेको समुहले निजी दुस्मनीका कारण कुटपिट गरेको बताएका छन ।
कुटपिटबाट घाइते भएका बिकको उपचार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भईरहेको छ ।
पक्राउ गरिएका अभियुक्तहरुलाई अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी दाङ देउखुरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।