२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

सल्यानबाट तुलसीपुर जाँदै गरेको यात्रुबहाक बस दुर्घटना

सल्यान । सल्यानको बागचौर नगरपालिका १२ बाफुखोलाबाट दाङ तुलसीपुर जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

बस ब्रेक फेल भयर दुर्घटना भएको हो । बाफुखोलाबाट तुलसीपुरका लागि छुटेको रा १ ख २५४१ नम्बरको बस आइतबार बिहान बागचौर नगरपालिका ७ कोटबारा चौतारी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ९ जना घाइते भएका छन् । जसमा एक जना गर्भवती महिला समेत रहेकी थिइन।

उनिहरुलाइ उपचारका लागि बागचौर नगरपालीकाको एम्बुलेन्स मार्फत बागचौर तर्फ पठाइएको छ ।

गाडी सडकमै पल्टिएको हुँदा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । घाइतेहरु सबै खतरामुक्त रहेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस