२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

यातायात व्यवस्था कार्यालय गाईडरमा सर्ने

तुलसीपुर, १९ भदौ । यातायात व्यवस्था कार्यालय राप्ती, तुलसीपुर उपमहानगरपालिका वडा नं ६ गाईडरमा सर्ने भएको छ ।

भवन र जग्गाको अभावमा जिल्ला बाहिर सर्ने हल्ला भइरहेका बेला तुलसीपुर उपमहानगरपालिका–६ गाइडरमा कार्यालय सर्ने भएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको ठाडो आदेशमा यातायात कार्यालय तुलसीपुर क्षेत्र बाहिर जानबाट रोकिएको छ ।

सोमबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गाइडरमा रहेको सामाजिका विकास डिभिजन कार्यालयको भवनमा यातायात व्यवस्था कार्यालय सार्ने निर्णय गरेको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको सचिवालयले जानकारी दिएको छ ।

सामाजिक विकास डिभिजन कार्यालयलाई तुलसीपुर–१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सार्ने निर्णय पनि भएको छ ।

त्यसैगरी त्यस भवनमा रहेका सिप विकास तालिम केन्द्रका सामान उद्योग मन्त्रालयलाई हस्तारण गर्ने निर्णय भएको छ ।

यस अघि उक्त भवनमा सिप विकास तालिम केन्द्र संचालन हुँदै आएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस