२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

महसुस हुने काम गर्नुहोस् : मुख्यमन्त्री चौधरी

दाङ,२० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन नहुने भन्दै कागजी प्रगति भन्दा पनि महसुस हुने प्रगति अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

हामी प्रतिसतको काममा अल्झिएका छौ, उहाँले भन्नुभयो, कर्मचारी साथीहरुले त्यता तिर पनि ध्यान दिनुहोस ।

कार्यसम्पादन र गुणस्तरमा ध्यान दिन समेत मुख्यमन्त्री चौधरीले निर्देशन दिनुभयो ।

प्रदेशले गौरवको रुपमा लिएको कार्यक्रम मुख्यमन्त्री आर्थिक विकास कार्यक्रको छलफल कार्यक्रममा कर्मचारीहरुलाई मुख्यमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमले नयाँ रोजगार सृजना गर्ने कार्यक्रम मात्रै सन्चालन गर्ने र त्यहि अनुसार योजना र नीति बनाउन निर्देशन समेत दिनुभयो ।

उहाँले उत्पादनसंग जोडेर कार्यक्रमहरु सञ्चालन गर्न र उत्पादनमुखी कार्यक्रम निर्माण गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री चौधरीले यसका लागि आबश्य विज्ञहरुको व्यवस्थापन गर्न समेत निर्देशन गर्नुभयो ।

प्रदेशलाई आर्थिक समृद्धि तर्फ लैजाने र नागरिकलाई रोजगारीमा जोडने मुख्यध्यय सरकारको रहेको भन्दै त्यसतर्फ नै केन्द्रित रहन उहाँको आग्रह थियो ।

स्थानीय उत्पादहरुलाई बजारीकरण गरी स्थानीय स्तरमा रहेका जनताको जिवनतर परिवर्तन गर्न सकिने गरी काम गर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशमा उत्पादन भएका विभिन्न सामाग्रीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पु¥याउने गरि योजना बनाउनु पर्ने उहाँको भनाई थियो ।

कृषिमा नयाँ पद्दति र नयाँ व्यवसाय र व्यवसायीकरणलाई प्राथमिकता दिने गरि समेत सरकारले कार्यक्रम ल्याउने बताउनुभयो।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस