उत्पादन र रोजगारी सृजना गर्ने योजनाले मात्र प्रदेश आर्थिक रुपमा सक्षम हुन्छ: मुख्यमन्त्री चौधरी
दाङ, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादन र रोजगारी सृजना गर्ने योजनाले मात्र प्रदेश आर्थिक रुपमा सक्षम हुने बताउनु भएको छ ।

उहाँले जनताको आर्थिक अवस्था सुधार्ने र आत्मनिर्भर हुने खालका योजना लिएर आए प्रदेश सरकारले सहकार्य गरेर हिड्ने बताउनु भएको छ ।
बिस पचास हजारका विकासे योजनाले नागरीकलाई सुविधा भन्दा सास्ती थप्ने काम गरेको भन्दै मुख्यमन्त्री चौधरीले त्यस्ता योजनालाई निरुत्साहीत गर्ने र उत्पादन तथा रोजगारी सृजना गर्ने योजनाका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिती दाङको सातौँ जिल्ला सभामा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार स्थानियतहसंग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।
उहाँले नागरिकको जिवन स्तरमा परिवर्तन देखिने गरी काम गर्नुपर्ने अहिलेको आवस्यकता भएको बताउनुभयो ।
केन्द्र सरकारले प्रदेश तथा स्थानिय सरकारलाई अधिकार हस्तान्तरण नगरेका कारण कतिपय विकासका कामहरु अलपत्र अवस्थामा रहेको भन्दै आफूहरुले चाहेर पनि त्यस्ता योजनाहरुमा काम गर्न नसकेको मुख्यमन्त्री चौधरीको भनाई थियो ।
जिल्लाको समग्र बिकासकालागि १० वटै पालिकाहरुले कृषी, पर्यटन र औधोगीकरणका सवालमा साझा योजना बनाएर अगाडी बढ्न पनि मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

