२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

काठमाडौंमा शुक्रबार राति चार जनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ।

काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार घटनाबारे प्रहरीलाई गएराति ११स्२३ बजे सूचना प्राप्त भएको थियो।

तत्काल पुगेको प्रहरीले चार जनालाई मृत अवस्थामा फेला पारेको थियो।

उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको एसपी ढुंगेलले जानकारी दिनुभयो ।

हत्या भएकामध्ये तीन जना एकै परिवारका भएको प्रहरीले जानकारी दिएको छ ।

हत्या हुनेहरूमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राई रहेको एसपी ढुंगेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस