२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

तीनकुने सामूहिक हत्या प्रकरण : पक्राउ परेका आरोपीले स्वीकार गरे हत्या

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका आरोपीले घटना स्वीकार गरेका छन् ।

पक्राउ परेका आरोपीको साथबाट हत्या गर्न प्रयोग गरिएको खुकुरीसमेत बरामद भएको उच्च प्रहरी अधिकारीले जानकारी दिए।

चारजनाको हत्या पक्राउ परेका आरोपी एक्कैले गरेको खुलेको छ।

उनलाई प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको हो । शुक्रबार राति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल,

उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

सो घटनाको अनुसन्धानका लागि प्रहरीले नवीन राईकै आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । तर, उक्त घटना दिपेन्द्रको कुनै संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न उपत्यका अरापध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरको नेतृत्वमा समिति गठन नै गरेको थियो । साभार १२ खरी

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस