संविधान दिवसका अबसरमा बिजौरी उबासंघद्वारा दीप प्रज्वलन
दाङ, ३ असोज । बिजौरीमा दीप प्रज्वलन गरिएको छ ।
बुधबार बेलुका बिजौरी उधोग बाणिज्य सघले संविधान दिवसको अबसरमा दीप प्रज्वलन गरेको हो ।

बिजौरी उधोग बाणिज्य सघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा सघका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर केसी,निबर्तमान महासचिव बिदुर गौतम,
रेडक्रस बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मी लगाएतले ठूलो त्याग र वलिदानपछि जारी भएको नेपालको संविधान- २०७२ को संरक्षण, विकास र कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज हरि देबकोटा ,बिजौरी क्षेत्रका उधोगी, ब्यबसायी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण बिजौरी उधोग बाणिज्य सघका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।
प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार