२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दाङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

दाङ, ५ असोज । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

गएराती तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित दुई युवा बिच सामान्य विवादपछि खुकुरी प्रहार हुँदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

घाइते हुनेमा तुलसीपुर १३ बखरिया निवासी ३४ वर्षीय रणदेब बस्नेत रहेका छन् । घाइते बस्नेतलाई हातमा गहिरो चोट लागेको छ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गर्नेमा तुलसीपुर १० राइखल्यान निवासी २८ वर्षीय राममणी चौधरी रहेका छन् ।

चौधरीलाई खुकुरीसहित नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ ।

खुकुरी प्रहार पूर्वरिसीबीका कारण हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस