२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

दाङ । सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान कपुरकोट गाउँपालिका- ३ सेतापैरास्थित जीप दुर्घटना भएको हो ।

रोल्पाबाट दाङतर्फ आइरहेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा परेर एक जना घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेको थियो। मृत्यु भएका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस