लुम्बिनीका अर्थमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना सामान्ने घाइते
दाङ, २२ असोज । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी तुलसीपुरमा दुर्घटनामा परेको छ ।
उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो चार बजेतिर मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालय तर्फ जाँदै गरेको गाडी दुर्घटनामा परि अर्थमन्त्री मास्की, सहित चारजना सामान्ने घाइते भएका छन् ।
अर्थमन्त्रीसहित चारै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।
बच्चा जोगाउनका लागि चालकले गाडी खाडलमा हाल्नु परेको पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार