२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दसैं टीकाको उत्तम साइत बिहान ११ः०२ बजे

दाङ । यस वर्ष दसैं टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ।

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैं सुरू भएको हो।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस