२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दाङ उवा संघले पठायो भूकम्प पीडितका लागि राहत सामग्री

हिमाल महरा

दाङ, ४ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघले कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पबाट पीडितका लागि करिव ४ लाख वरावरको राहत सामाग्री पठाएको छ ।

संघले ४२ बोरा चामल, ११५ थान सिरक, ११५ स्थान डसना,४२ पिस ठुलो ब्ल्याङकेट, १५ पिस सानो ब्ल्याङकेट, १ बोरा फुरनदाना, ४ पेटी चाउचाउ, २ पेटी विस्कुट,

१४ जोडा बच्चाको कपडा, २३ पिस लेडिज ज्याकेट र पिफ रोल लगायत सामाग्री पठाएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले मुलुक विपत्‌मा परेका बेला सधैँ अग्रभागमा रहेरको भन्दै संघले सञ्चालन गरको भुकम्प पिडितकालागि राहत संकलनबाट संकलन राहत सामाग्री जिल्ला प्रशासन कार्यालय दाङ मार्फत भुकम्प प्रभावित क्षेत्रमा पठाएको संघका अध्यक्ष वसन्त जाशीले वताए ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस