२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

रोल्पा प्राविधिक शिक्षालयको वार्षिकोत्सव समापन

रोल्पा, २३ फागुन । रोल्पा बहुप्राविधिक शिक्षालयले सातौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । रोल्पा नगरपालिका–१ मेवाङस्थित शिक्षालयले विभिन्न प्रतियोगीता गर्दै वार्षिकोत्सव समापन गरेको हो ।

निमित्त शिक्षालय प्रमुख सञ्जीव आचार्यको अध्यक्षता एवं रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा भलिवल,

फुटबल, दौडलगायतका विभिन्न प्रतियोगीताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख थापा घर्तीले मुलुकको विकासका लागि प्राविधिक शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।

प्राविधिक जनशक्ति उत्पादन गरेर शिक्षालयले पुर्याएको योगदानको चर्चा गर्दै उहाँले आगामी दिनमा यो कार्यलाई बढाएर लैजान आग्रह गर्नुभयो ।

कार्यकमको सञ्चालन शिक्षालयका लेखपाल गञ्जबहादुर कवरले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस