लुटिए मर्निङ वाकमा निस्किएका युवा
दाङ, १ चैत । दाङको तुलसीपुरमा मर्निङ वाकमा निस्किएका एक युवा लुटिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका ६ डुम्रिगाँउ वस्दै आएका निसान्त वस्नेत बिहिवार विहान ४:४५ बजेतिर लुटिएका हुन्।
वस्नेत र उनका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला तुलसीपुरको वहिनि चोकमा लुटिएका हुन्।
आफुहरु हिडिरहेको बेला दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भनेपछि आफुले मोवाइल दिएको तर मोवाईल दिएपछी चक्कु देखाएर भागेको पिडित निश्चल वस्नेतले वताए ।
चोरीका वारेमा जानकारी दिन उनि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० वजे पछि मात्रै आउनु भने पछि घर फर्किएको जानकारी दिए।
प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार