२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दाङमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

दाङ, ६ बैशाख । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मानपुर डुरुवा सडकखण्डमा बिहीवार बिहान ९:३० बजे रा ३ प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

मृत्यु हुनेमा तुलसीपुर १८ मानपुर निवासी ५ वर्षीय सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल लगिएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी गराएको छ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस