२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

प्यूठानमा मोटरसाईकल दुर्घटनाहुदा एक जनाको मृत्यू

प्यूठान, ८ बैशाख ।

प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ ।

माण्डवी गाउँपालिका १ मुर्कुटी स्थीत छबिसे चौरमा दांगको घोराहीबाट प्यूठानतर्फ आउदै गरेको रा ५ प १५२८ नंम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा एक जनाको मृत्यू भएको हो ।

अर्का एक जना घाईते भएका छन् । दुर्घटनामा मृत्यू हुनेमा दांगको घोराही उपमहानगरपालिका ११ का २७ बर्षिय बिमल डांगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक इस्वर थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा दांगको घोराही उपमहानगरपालिका ८ ढिकपुका ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

र्दुघटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालले डांगीलाई मृत घोषणा गरेको हो ।

दुर्घटनामा घाईते डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ। उनको टोउको, दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस