२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

बंगलाचुलीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

दाङ, ८ बैशाख ।
दाङको बंगलाचुली गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिदा एकजना बालक घाइते भएको छन ।

गाउँपालिकाको वडा नम्बर ५ को मुर्कुटी बजारमा बंगलाचुली भ्युटावरबाट घोराही तर्फ आउदै गरेको   रा  ६ प १७२५   नम्बरको मोटरसाइकलले ठक्कर दिदा बंगलाचुली गाउँपालिका वडा नम्बर ५ निवासि डोम बहादुर रावतका छोरा ८ बर्षका जिवन रावत घाइते भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी नायव निरीक्षक जीवन के सिले जानकारी दिनुभएको छ ।

घाइते बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकलाई बंगलाचुली अस्पतालमा सामान्य उपचार पछि  थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस