२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

त्रिसिद्देश्वरि यातायात प्रा.लि. र राप्ति लाईफ केयर हस्पिटल बिच ब्यबसायिक सम्झौता

दाङ ,१० बैशाख । राप्ती लाइफ केयर हस्पिटल प्रा।लि। ले त्रिसिद्धेश्वरी राप्ती यातायात प्रा.लि.मा आवद्ध स्टाफ, पदाधिकारी तथा समितिका सदस्यहरुलाई आफ्नो सेवा प्रवाहमा छुट दिने भएको छ ।

आइतबार राप्ती लाइफ केयर हस्पिटलका अध्यक्ष हरिप्रसाद रिजाल र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रा.लि. का अध्यक्ष सुरेश हमालबीच सेवामा छुट दिने सम्झौता भएको हो ।

सम्झौताअनुसार अस्पतालले दिने सेवामा २० प्रतिशत, औषधिमा ७ प्रतिशत र अप्रेसन सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका कार्यकारी अधिकृत जीवन भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै सम्झौतामा दुर्घटनामा परेकाहरुलाई सेवामा अस्पतालको आइसियु अप्रेसनलगायत सेवामा २० प्रतिशत छुट दिइनेछ भने सेवा लिन आउँदा परिचय खुल्ने कागजात अनिवार्य हुनुपर्नेछ ।

लाइफ केयरले दिने सुविधाबाट यातायात व्यवसाय सम्बद्ध व्यक्तिहरु लाभान्वित हुने भन्दै दुबै सेवा प्रदायक संस्था भएकोले एक अर्कामा सहकार्य गर्दै अगाडि बढ्ने प्रालिका अध्यक्ष हमालले बताउनुभयो ।

दर्जन बढि ईलक्ट्रिक गाडि थप गर्दै ।

त्रिसिद्देश्वरि राप्ती यातायात सेवा प्रालिले यात्रुहरुको तिब्र चाहाना र मागलाई मध्यनजर गर्दै हापुरे देखि सधै नेपालगञ्ज सम्म ईलक्ट्रिक गाडि संञ्चालनमा ल्याएको छ।

बिहान हापुरे देखि प्रत्यकदिन सात,आठ र नौ बजे साना गाडिहरु छुट्ने प्रालिका प्रशासनिक सचिब नारायण प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

त्यसैगरि बिभिन्न लोकल रुटहरुमा दर्जन बढि ईलक्ट्रिक गाडिहरु थप गर्दै जाने निर्णय भएको प्रालिले जानकारि दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस