निवर्तमान मुख्यमन्त्री चौधरीद्वारा भैरव गुफा तथा नर्सिङ भैराम मन्दिरको निरिक्षण तथा अवलोकन
दाङ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले भैरव गुफा तथा नर्सिङ भैराम मन्दिरको निरिक्षण तथा अवलोकन गर्नुभएको छ ।
उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्म्रीमा रहेको धार्मिक तथा पर्यटकिय स्थलको अवलोकन गर्नुभएको हो ।

अवलोकणको क्रममा चौधरीले एेतिहासिक महत्व बोकेको भैरव गुफाको आफ्नै ईतिहास रहेको बताउनुभयो ।
उहाँले यस गुफालाई संरक्षण गरेर पर्यटकिय स्थानको प्रमुख गन्तव्य बनाउन आफ्नो तर्फबाट पहल गर्ने र आउने बजेटमा केहि रकम विनियनेजन गरि गुफा संरक्षण गर्ने बताउनुभयो ।
गुफामा १६० बर्ष पहिले देखि निरन्तर पुजा हुँदै आएको स्थानियले बताए । जेष्ठ महिनाको पहिलो मंगलबार र मंसिर महिनाको पहिलो मंगलवार पूजा गर्ने गरिन्छ ।

१९२२ सालतिर दयाराम पुन हराएको र तिन दिन पछि त्यहि गुफावाट शक्ति प्राप्त गरि बाहिर देखा परेको भनाई छ । उक्त गुफामा पूजा गरि भाकल गरेका हरेक कुराहरु पुरा हुने जन विस्वास पनि रहेको छ ।
प्रचार प्रसारको अभाव र संरक्षणको अभावले पर्यटकको कमि भयको पुजारी खुम बहादुर पुनले बताउनुभयो ।
