ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते
गुल्मी र अर्घाखाँचीको सिमनामा गयराती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन ।
छत्रदेव गाउँपालिका ७ देउराली तम्घास भित्रि कच्ची सडकमा ना ८ ख ६६४४ नम्बरको ट्रिपर सडक देखि ७० मिटर तल खस्दा त्यसमा सवार सन्धिखर्क नगरपालिका – ८ खाँचीका २६ बर्षिय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही पालिका – ७ का ३३ बर्षिय रिसभ केसी , र तिलगंगा नगरपालिका – २ का २९ बर्षीय नविन घिमिरे घाईते भएका छन ।
घाईते दुबै जनालाई गएराती नै गुल्मी अस्पतालले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरेको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार