२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

काग्रेसको विरोध पछि लुम्बिनी प्रदेश सभा अवरुद्ध

दाङ ७ असार ।
लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो ।

शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो ।

दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन ।

संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता तथा डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।

उनले यो सरकार किसानको विरोधी भएको टिप्पनी गरे । यस्तो कार्यले संघियताको पुष्टी कसरी हुन्छ । उनले आम जनतालाई मल विउ पु¥यान नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो ।

उनले प्रश्न गरे । पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए । उनले स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्का क्षेत्रमा राखियो ।

के यो सरकार जनजाती विरोधी सरकार हो । यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार हैन ? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार बनेका छ। नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल हुन्छ ।

उनले विपन्नवर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको बताएका थिए । उनले युवा, महिला, जेष्ठनागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाती, वादी, गन्दर्भ,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको बताए ।

यस्तो अवस्था कस्का लागि बजेट ल्याएको भने र प्रश्न गरे। चालु आवमा धेरै योजना बन्द गरिएको छ, आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो ।

उनले भने संघीता विरोधी बजेट, सहयोग गर्ने बजेट आएको छ । यो बजेटले संघीयता विरोधी बजेट भएको हुदा काग्रेसले यसको विरोध गरेको बताए ।

घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको बताए ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस