२०८३ कार्तिक १३ गते बिहिवार | 2026 October 29th Thursday

जिप दुर्घटना हुँदा आठजनाको मृत्यु, ६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठजना मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

माडी गाउँपालिका २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनाका मृत्यु भएकाहरु अधिकांश रोल्पा तालावाङका रहेको बुझिएको छ तर अझैसम्म पहिचान खुलेको छैन ।

घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डीएसपी) भरत लामाले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइतेहरूको अवस्था चिन्ताजनक छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस